सभामुख सापकोटाले गरे चिनियाँ समकक्षीसँग कुराकानी, के–के भयो त कुुराकानी ?

10.3k Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले चिनियाँ समकक्षी ली झान्सुसँग कुराकानी गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ जनसंसदको स्थायीका कमिटीका अध्यक्ष (सभामुख) झान्सु र सभामुख सापकोटाबीच शुक्रबार दिउँसो भर्चुअल रूपमा कुराकानी भएको हो।

कुराकानीका क्रममा दुई देशबीचको सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्रालयले जनाएको छ। दुबै देशका सांसदहरूबीच नियमित भ्रमण आदान(प्रदानको आवश्यकताबारे पनि कुराकानी भएको थियो। दुबै जनाले आफ्नो देशमा भ्रमण गर्न समकक्षीहरूलाई निम्तो पनि दिएका थिए।

कुराकानीमा दुबै देशका परराष्ट्र मन्त्रालयसहित संसदका उच्च अधिकारीहरूको सहभागिता थियो।

ताजा अपडेट
सम्बन्धित समाचार