काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएको प्रति जनता समाजवादी पार्टी असन्तुष्ट भएको छ ।
सत्तारुढ गठबन्धनमा आवद्ध भएपनि प्रदेश सरकार पुनर्गठनका क्रममा आफूहरुलाई बेवास्ता गरेको भन्दै जसपाले असन्तुष्टि जनाएको हो । गठबन्धनमा आवद्ध अन्य दलले अपमान गरेको र केन्द्रीय सहमतिअनुसार अगाडि नबढेको भन्दै जसपाले गठबन्धन बाहिरिने चेतावनीसमेत दिएको छ ।
जसपाका प्रदेश समिति अध्यक्ष कृष्णकुमार चौधरीले आफूहरुलाई बाइपास गरिएकाले यथास्थितिमा गठबन्धन रहन नसक्ने बताएका छन् । शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुँदा आफूहरुलाई बेवास्ता गरेको जसपाको भनाइ छ ।
जसपाले स्थानीय तहको निर्वाचनसमेत एक्लै लड्न सक्षम भएको दाबी गरेको छ ।