काठमाडौं । मेयरको दाबेदार दुई पूर्वमन्त्री ब्याक भएपछि नेकपा (एमाले) विराटनगर महानगर कमिटीले विराटनगरको मेयरको उम्मेदवार छनोटका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।
शनिबार बसेको महानगर कमिटीको बैठकले नगर अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटका लागि नगर कमिटीले नगर अध्यक्ष थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत रमहेश भट्टराईको नाम सिफारिस गरेको हो ।
उपप्रमुखको उम्मेदवारका लागि शिल्पा कार्की, विमला घिमिरे दाहाल र अन्जु उपाध्ययको नाम सिफारिस गरेको छ । एमाले नेता पूर्वमन्त्री लालबावु पण्डित र प्रदेश १ सरकारका पूर्वमन्त्री जीवन घिमिरेको नाम पनि चर्चामा थियो । तर उनीहरूको नाम सिफारिस भएन् । सिफारिस गर्न चाहे पनि दाबेदार पाँच जना निस्कीएपछि दुई पूर्व मन्त्री पछि हटेका थिए ।