सत्ता गठबन्धनको चुनावी तयारी समितिको बैठक आज बस्दै

8.8k Shares

काठमडौं । सत्ता गठबन्धनको चुनावी तयारी समितिको बैठक आज दिउँसो ४ बजे बस्दै छ । 

स्थानीय तहमा गठबन्धनका दलहरुको अवस्था सम्बन्धी तथ्यांक आएपछि समिति संयोजक रामचन्द्र पौडेलले आज दिउँसोका लागि बैठक डाकेका हुन् । 

प्रदेशको नेतृत्वमा जिल्ला र पालिकाबाट दलहरुको स्थानीय तहको हैसियतबारेको रिपोर्ट आएपछि गठबन्धन चुनावी तयारी समितिको बैठक बस्न लागेको हो । समितिले स्थानीस्य तहमा दलको अवस्था हेरेर तालमेलको खाका तयार पार्ने बताइएको छ । 

चैत १७ गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी समिति गठन गरेको थियो । सोही दिन प्रदेशको नेतृत्वमा जिल्ला र स्थानीय तहबाट आआफ्नो पार्टीको अवस्था सम्बन्धी प्रतिवेदन पठाउन २२ गतेसम्मको समय दिएका थियो । 

ताजा अपडेट
सम्बन्धित समाचार