भरतपुर महानरपालि काँग्रेसले नछोड्ने चितवन नेताहरूको अडान

10.3k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । भरतपुर महानरपालिका काँग्रेसले पाउनुपर्छ भन्दै चितवनका नेताहरूले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र नेता डा शेखर कोइरालालाई भेटेर फर्किएका छन् । 

नेताहरूलाई भेट्न केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीत नारायण श्रेष्ठसहितको टोली काठमाडौँ आएको थियो । भेटघाटको क्रममा तालमेल गर्दा भरतपुर महानगरपालिका काँग्रेसलाई पार्नेगरी छलफल अघि बढाउने नेताहरूले बताएको भेटपछि केन्द्रीय सदस्य दिनेश कोइरालाले जानकारी दिए । 

हाल भरतपुर महानगरपालिकाको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्दै आएको छ । यसपटक भरतपुर महानगरपालिका नपाए विद्रोह हुने चेतावनी काँग्रेसी नेताहरूले दिँदै आएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार