वातावरण संरक्षणमा युवाको भूमिका हुनुपर्ने मधेश प्रदेशका मुख्यमन्त्री राउतको भनाई

19k Shares


काठमाडौँ । मधेश प्रदेशका  मुख्यमन्त्री लालबाबु राउत गद्दीले वातावरण तथा जलवायु संरक्षणमा युवाहरूको भूमिका अपरिहार्य रहेको बताएका छन्। 

क्रिएशन संस्थाले आइतबार जनकपुरधाममा आयोजना गरेको वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा कार्यक्रमको समुद्‌घाटन गर्दै मुख्यमन्त्री राउतले वातावरण संरक्षणमा युवाहरूको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए।

निरन्तर चुरे क्षयीकरण हुँदा मधेश प्रदेश प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको चर्चा गर्दै मुख्यमन्त्री राउतले चुरे संरक्षणका साथै वातावरणीय संरक्षणका लागि प्रदेश सरकार संवेदनशील रहेको दावी गरे। विभिन्न दातृ निकायको सहयोगमा मधेश प्रदेशबाटै क्रिएशनले कार्यक्रम शुरु गर्न लागेकोमा संस्थालाई धन्यवाद दिँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारबाट हुन सक्ने हर सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।

ताजा अपडेट
सम्बन्धित समाचार