काठमाडौँ । सभामुख अग्नीप्रसाद सापकोटाले अर्थतन्त्रमा देखिएका सबै समस्याहरुलाई संवादमा माध्यमबाट समाधान गर्न सकिने बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सको ७१ औं वार्षीक साधारण सभा तथा चेम्बर दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रसँग जोडिएका हरेक समस्याहरुलाई सरकार तथा निजी क्षेत्रहरुसँग छलफल गरी संवादबाट समाधान खोज्न सकिने बताएका हुन्।
सो क्रममा बोल्दै उनले सुशासनको सबैभन्दा ठूलो कुरा भनेकै भ्रष्टाचार निर्मुलन भएको बताए। उनले निजी क्षेत्रको सहयोग बिना सरकारले एक्लै समृद्धि हासिल गर्न नसक्ने बताए।
देश अहिले एउटा खराब परिस्थितिमा गुज्रिरहेको बताउँदै उनले उद्योग क्षेत्रमा पनि कठिन परिस्थितिमा व्यवसायले व्यक्तिको चरित्रको परीक्षा लिने बताए।