गठबन्धन सरकारले देशको अर्थतन्त्र उठाउनै कठिन हुने गरी थला बसाएको शंकर पोखरेलको आरोप

16.5k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) का महासचिव शंकर पोखरेलले गठबन्धनको सरकारले देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुने गरी थला बसाएको बताएका छन् । 

सामाजिक सञ्जाल  फेसबुकमार्फत महासचिव पोखरेलले मुद्दा मामिला गरी परामादेशबाट आएको गठबन्धनको सरकारले देशको अर्थतन्त्र कमजोर बनाएको आरोप लगाएका हुन् । 

उनले पाँच दलीय गठबन्धनसँग देश बनाउने भिजन, गन्तव्य र लक्ष्य नभएको समेत आरोप लगाएका छन् ।  उनले भूकम्पले थिलथिलो बनाएको देशलाई एमालेले उठाएर जनताका मुर्झाएका सपना जगाएको जिकिर समेत गरेका छन् । 

उनले लेखेका छन्, ‘नेकपा एमालेले भूकम्पले थिलथिलो भएको देशलाई उठायो । जनताका मुर्झाएका सपनालाई जगायो । विकास र समृद्धिको यात्रामा सिंगो देशलाई अघि बढायो । स्वाधीनता र स्वाभिमानको नयाँ यात्राको थालनी गर्दै गुमेको भूभाग समेटेर नयाँ नक्सा प्रकाशित गर्यो ।’

shankar facebook.PNG

ताजा अपडेट
सम्बन्धित समाचार