काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज चुनावी अभियानको औपचारिक सुरुवात गर्दैछ।
जनताको माझमा राप्रपा र घरदैलो अभियान अन्तरगत ७७ वटै जिल्लामा सुरु गर्न लागिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। चुनावी अभियानका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरिएको छ।
जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधिसहितको बैठक बसेर निर्वाचन अभियान सुरु गर्न लागिएको हो। आज हरेक जिल्लाका सदरमुकाममा गरिने अभियानको शुभारम्भ गर्दा साना ठूला आमसभा, कोणसभा गरिने छ।
निर्वाचन अभियान अन्तर्गतकै कार्यक्रममा भाग लिन अध्यक्ष राजेन्द्र लिङ्देन बारा पुगेका छन्।