विवेकशील साझाबाट काठमाडौंको मेयरमा समीक्षा बाँस्कोटा उम्मेद्‍वार

20.7k Shares

काठमाडौँ ।  विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बाँस्कोटालाई उम्मेद्‍वार बनाउने भएको छ ।

उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेद्‍वार बनाउने निर्णय भएको विवेकशील साझा पार्टीले जनाएको छ । केन्द्रीय कार्य सम्पादन समितिले शुक्रबार बसेको बैठकले बागमती प्रदेशकी पूर्वसंयोजक एवम् केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य बाँस्कोटालाई मेयरको उम्मेद्‍वार बनाउने निर्णय गरेको हो ।

बाँस्कोटा २०७४ को प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ ‘क’ बाट उम्मेद्‍वार बनेकी थिइन् । त्यतिबेला तेश्रो भएकी उनले ४ हजार ३४३ मत पाएकी थिइन्

 

ताजा अपडेट
सम्बन्धित समाचार