काठमाडौँँ । मधेस प्रदेशको प्रदेश सभाको बैठक आज बस्दै छ ।
प्रदेश सभा सचिवालयका अनुसार बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिएका छन्।