काठमाडौं । सर्वोच्च अदालतले विघटित संसदलाई ब्युँताइदिएपछि प्रतिनिधि सभाको चौथो बैठक शुक्रबार दिउँसो १ बजे बस्न लागेको हो ।
आज हुने सम्भावित कार्यक्रममा सभामुखले प्रतिनिधि सभा नियमावदी, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम सांसदहरुबाट प्राप्त अनुपस्थितिका सूचनाहरु स्वीकृतिका लागि प्रस्तुत गर्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।
सर्वोच्च अदालतले संसद ब्युँताइदिएपछि लगातार तीन पटक संसद ‘बंक’ गरेका छन् । जसमध्ये प्रधानमन्त्री ओली पछिल्ला तीन वटा संसद बैठकमा सहभागी भएका छैनन् । ओलीको इच्छा नै देखाएका छैनन् संसद अगाडि बढाउन । ओलीले संसद पुनस्र्थापना भएपछि लगातार तेस्रो पटक संसद बैठक ‘बंक’ गरिसकेका छन् ।