वैशाख ५ भित्र उम्मेदवार तय गर्न माओवादीको सर्कुलर

11.1k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले वैशाख ५ गतेभित्र मातहतका कमिटीमा स्थानीय तह निर्वाचनमा लड्ने उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर जारी गरेको छ।  

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार सर्कुलरमार्फत सबै उम्मेदवारहरूको सिफारिस वैशाख ५ गते भित्र गरिसक्न निर्देशन दिएका हुन् । माओवादीले गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने पनि मातहतका कमिटीलाई सर्कुलर गरेको छ ।  

केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा आफूखुसी निर्णय लिन पनि माओवादीले रोक लगाएको एक नेताले बताए । गठबन्धनकै दलहरूबीच स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्ने सर्कुलरमा भनिएको ती नेताको भनाइ छ ।

ताजा अपडेट
सम्बन्धित समाचार