अर्थमन्त्री परिवर्तन गर्न कांग्रेस नेताहरुको प्रस्ताव

7.6k Shares

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मालाई परिवर्तन गर्न कांग्रेस नेताहरुले प्रस्ताव गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी बैठकमा कांग्रेस नेताहरुले सोमबार यो प्रस्ताव राखेका थिए ।

बैठकमा माओवादी अध्यक्ष दाहालले पनि अहिले अर्थमन्त्रीमात्रै भन्दा पनि केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नभएकाले परिवर्तन गर्नुपर्ने अवस्था रहेको धारणा राख्दै पार्टीभित्र छलफल गर्ने बताएका थिए ।

माओवादीका केही नेताहरु सोमबार पनि यस विषयमा आन्तरिक छलफलमा थिए ।

सोमबारको गठबन्धन बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गभर्नर हटाउनुको कारणबारे प्रधानमन्त्रीसँग जानकारी मागेका थिए । तर प्रधानमन्त्री देउवाले अर्थमन्त्रीले गभर्नरले असहयोग गरेको हुँदा हटाउनुपर्ने प्रस्ताव ल्याएको र आफूले त्यसमा समर्थन जनाएको बताएका थिए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार