सबै दललाई निर्वाचनमा भाग लिन गृहमन्त्री खाँणको आग्रह

9.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सबै दललाई निर्वाचनमा भाग लिन आग्रह गरेका छन् ।

आज काठमाडौंमा आयोजित राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले निर्वाचन जनताको अधिकार र विकास निर्माणलाई अगाडि बढाउने एउटा पाटो भएको उल्लेख गर्दै सबैलाई सहभागी हुन आग्रह गरेका हुन् ।

त्यस्तै गृहमन्त्री खाँणले गठबन्धनको संस्कृतिलाई पनि निरन्तरता दिनुपर्ने बताए । शान्ति सम्झौताका केही काम अझै बाँकी रहेको उल्लेख गर्दै गठबन्धनलाई पनि निरन्तरता दिनुपर्ने उनको भनाइ थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार