स्थानीय चुनाव अरुको लागि चुनाव मात्रै हो,हाम्रो लागि लडाइ हो : प्रचण्ड

9.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले स्थानीय चुनाव माओवादीका लागि लडाई भएपनि अरुलाई चुनाव मात्रै भएको बताएका छन् ।

पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले प्रचारको भीषण आक्रमण थालेर चुनावमा लाग्न आग्रह समेत गरेका छन् । 

प्रचण्डले भने, ‘यो चुनाव अरुको लागि चुनाव हो । हाम्रो लागि लडाइ हो ,अहिलेका परिवर्तनका उपलब्धि रक्षाका लागि माओवादीले चुनाव जित्नै पर्ने छ। संघीय लोकतान्त्रिक माओवादीले ल्याएको हो। त्यसको रक्षा गर्नै पर्ने छ। अरुलाई यो गए के हुन्छ माओवादीले ल्याएको बेठीक थियो गयो भन्ने हुन्छ।’

संघीय लोकतान्त्रिक व्यवस्थाको माया माओवादी बाहेक अरुलाई नभएको प्रचण्डको भनाई छ ।

‘अरुलाई यो व्यवस्थाको माया छैन। यसको माया हामीलाई छ ।  माओवादी अर्कै धातुको मान्छे भएकाले लागेपछि विरोधीको सातो जाने उनको भनाई थियो ।   प्रचण्डले चुनावी प्रचार प्रसारमा सूचना प्रविधिको समेत अत्याधिक प्रयोगमा ध्यान दिनु पर्ने बताएका छन्। 

ताजा अपडेट
सम्बन्धित समाचार