पिपरा गाउँपालिकाको अध्यक्ष पदमा लोसपाका केन्द्रीय सदस्य अजय झा सिफारिस

21.1k Shares
 

काठमाडौँ । महोत्तरी जिल्ला पिपरा गाउँपालिकाको अध्यक्ष पदमा लोसपाका केन्द्रीय सदस्य तथा युवा नेता अजय झा सिफारिस भएका छन् । 

लामो समय देखि समाज सेवामा निरन्तर लागी परेका तथा जनस्वास्थ्य विज्ञको रुपमा काम गरिरहेका झा पहिलो पटक अध्यक्ष पदका लागी लड्न लागेका हुन् । उनले जनताको इच्छा अनुसार नै आफू अध्यक्षको लागी लड्न लागेको बताएका छन् । 

गाउँवासीले आफूलाई सक्दो सहयोग गर्नेमा विश्वस्त रहेको उनको भनाई छ । उनले भने, ‘गाउँपालिकावासीको चाहना अनुसार नै म अध्यक्ष पदमा उठ्न लागेको हुँ । उहाँहरूले  मलाई  सक्दो सहयोग गर्नु हुन्छ भन्नेमा म विश्वस्त छु ।’ 

विद्यार्थी नेताबाट राजनीतिमा चम्किएका झा हाल लोसपाका केन्द्रीय सदस्य समेत रहेका छन् । स्थानीय तहमा झाको राम्रो पकड रहेको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार