माओवादी केन्द्रले चुनावी प्रचार सामग्रीबाट हटायो कुलमान घिसिङको फोटो

10.5k Shares
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले चुनावी चुनावी प्रचार सामग्रीमा प्रयोग भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा राखेको प्रचार सामग्रीमा कुलमानको पनि फोटो प्रयोग भएको थियो ।  कुलमानको फोटो प्रयोग भएकोमा आलोचना भएपछि प्रचण्डले आफ्नो सामाजिक सञ्जालमा राखेको प्रचार सामग्री हटाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि चुनावी प्रचार सामग्रीमा प्रयोग भएको आफ्नो फोटो हटाउन माओवादीलाई आग्रह गरेका थिए ।

 

 

ताजा अपडेट
सम्बन्धित समाचार