प्रधानमन्त्री देउवा र विप्लवबिच भेटवार्ता

9.5k Shares
सम्बन्धित राजनीतिज्ञ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार बिहान बालुवाटारमा भेट गर्दै नेकपा महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले आफूलाई स्थानीय निर्वाचनमा सहभागी हुने वातावरण बनाइदिन आग्रह गरेका छन्।

प्रधानमन्त्री देउवासँग भेट गर्दै नेकपा महासचिव विप्लवले आफ्नो दल पनि स्थानीय निर्वाचनमा सहभागी हुन इच्छुक भएकाले यसका लागि वातावरण बनाइदिन आग्रह गरेका थिए।

जवाफमा प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचनको सबै तयारी पूरा भई मतपत्र पनि छापिसकेका कारण अहिले सम्भव नहुने तर संघीय  तथा प्रदेशको यही वर्ष नै हुने निर्वाचनमा सहभागी हुन विप्लवसँग आग्रह गरेका थिए।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले स्वतन्त्र रुपमा भने विप्लवलाई स्थानीय निर्वाचनमा सहभागी हुन आग्रह पनि गरेका थिए। 

ताजा अपडेट
सम्बन्धित समाचार