विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य हेमन्त र प्रचण्डबिच भेटबार्ता

15.2k Shares
सम्बन्धित पार्टी

काठमाडौं । विप्लव नेतृत्वको सचिवालय सदस्यद्वय हेमन्त प्रकाश ओली र धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। 

बिहीबार बिहानै  उनीहरूले प्रचण्डसँग भेटवार्ता गरेका हुन्। नेकपाका अध्यक्ष विप्लव र प्रवक्ता प्रकाडले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट अर्थात् उनीहरूले प्रचण्डलाई भेटेका हुन्।

भेटमा उनीहरूले आफ्नो पार्टीका बन्दी रिहाइ गरिदिन प्रचण्डसँग आग्रह गरेको बास्तोलाले जानकारी दिए। 

नयाँ वर्षको अवसरमा माओवादी अध्यक्ष र उनकी बिरामी पत्नी सीता दाहाललाई भेटेर स्वास्थलाभको कामनासमेत गरेका थिए।

ताजा अपडेट
सम्बन्धित समाचार