फेरि सत्याग्रह थाल्ने डा गोविन्द के.सी. को चेतावनी

9k Shares

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द के.सी. ले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । 

यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झौता कार्यान्वयन नभएको भन्दै डा. के.सी ले माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुुन् । डा. के.सी. ले चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित ५ बुँदे माग अगाडि सारेका छन् । 

के.सी.ले आफ्नो पहिलो मागमा दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी बेड संख्याका आधारमा बढाउन माग राखेका छन् । 

स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न, जनसंख्याको बृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर बृद्धि सुनिश्चित गर्न, सार्वजनिक पदमा बस्नेहरूको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गर्न र आफूसँग भएका सम्झौताहरू तथा प्रधानमन्त्रीले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न माग गरेका छन्  । 

ताजा अपडेट
सम्बन्धित समाचार