सातामा दुई दिन बिदा दिनेबारे निर्णय भएको छैन : सञ्चारमन्त्री कार्की

14.7k Shares

काठमाडौँ । सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सातामा दुई दिन बिदा दिनेबारे बहस भइरहे पनि सरकारले अहिलेसम्म कुनै निर्णय नगरेको  बताएका छन्।

आज मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्तासमेत रहेका कार्कीले दुई दिन बिदा दिने निर्णय भइनसकेको बताएका हुुन्।

उनले भने, ‘सातामा दुई दिन बिदा दिने निर्णय भएको छैन। निर्णय भएको भए सार्वजनिक गरिन्थ्यो, सातामा दुई दिन बिदा दिने बहसको विषय छ। निर्णय नै नभएकोले यस विषयमा धेरै कुरा भन्न मिलेन।’

पेट्रोलियम पदार्थको खपत कम गर्न सातामा दुई दिन बिदा दिनुपर्ने बहस भइरहेका छन्। सातामा दुई दिन बिदा दिँदा पेट्रोलियम पदार्थको खपत कम हुने र आयात कम गर्दा विदेशी मुद्राको सञ्चिती बढ्ने अनुमान छ।

ताजा अपडेट
सम्बन्धित समाचार