सरकार र जनमत पार्टीबीच वार्ता, पुराना सम्झौता कार्यान्वयन गर्न जनमत पार्टीको माग

13.7k Shares

काठमाडौं ।  सीके राउत नेतृत्वको जनमत पार्टी र गृहमन्त्री बालकृष्ण खाण नेतृत्वको सरकारी प्रतिनिधिमण्डलबीच आज गृहमन्त्रालयमा भेटवार्ता भएको छ 

भेटका क्रममा जनमत पार्टीका अध्यक्ष राउतले सरकारले आफूहरूसँग गरेका पुराना सम्झौतहरूको स्मरण गराउँदै त्यसको कार्यान्वयनको माग गरेका छन् ।

भेटवार्तामा राउतले स्थानीय तह निर्वाचनको प्रयोजनार्थ जनमत पार्टी निर्वाचनमा आयोगमा दर्ता भइसकेको परिपेक्ष्यमा त्यसअघि आफूहरूसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्नपर्नेमा जोड दिएका थिए । त्योसँगै विभिन्न कारण थुनामा रहेका आफ्ना पार्टीका नेता कार्यकतालाई रिहा गर्न, आफूहरूले गरेको कृषि आन्दोलनका मागहरूलाई पूरा गर्न र मधेस आन्दोलनका क्रममा भएको सहमति कार्यान्वयन गर्न माग गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै वार्ताका क्रममा राउतले ‘राष्ट्रिय मान्यताप्राप्त गरेको दलले मात्र आफ्नै चुनाव चिन्हबाट निर्वाचन लड्न पाउने’ व्यवस्था हटाउन माग गरेका थिए ।सरकारका तर्फबाट गृहमन्त्री खाणले मुलधारको राजनीतिमा आएकोमा राउतलाई धन्यवाद दिँदै पूर्ववर्ती सरकारले गरेको सहमतिअनुसार कानूनबमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने आश्वासन दिएका छन् ।

गृहमन्त्री खाणले चुनाव चिन्हका विषयमा सरकारले निर्वाचन आयोगलाई आग्रह गरिसकेको र सोही अनुसार आयोगले व्यवस्था गरिसकेको बताएका थिए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार