चुनावमा बहुमत प्राप्त गर्ने र ५ वर्षसम्म सरकार चलाउने ओलीको दाबी

10.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत प्राप्त गर्ने र ५ वर्षसम्म सरकार चलाउने बताएका छन् ।  

शुक्रबार लमजुङको घलेगाउँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेप्रति जनताको आकर्षण बढेकाले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका हुन् ।

उनले एमाले केही क्षणका लागि मात्रै प्रतिपक्षमा बसेको समेत बताए । घलेगाउँलाई सुखी गाउँ घोषणा गर्दै ओलीले नेपालको पहिलो सुखी गाउँ घोषणा गर्न पाउँदा खुसी व्यक्त गरे । अध्यक्ष ओलीले सुखी नेपाली समृद्ध नेपालको परिकल्पना घलेगाउँबाट सुरु भएको पनि बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार