काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनमा देशैभर आफ्नो सामर्थ्यले लड्ने बताएका छन् ।
लिङ्देनले अन्य पार्टीसँग औपचारिक रुपमा गठवन्धनबारे कुरा नचलाएको बताए ।
उनले भने, ‘अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन । यस खालका कुराकानीहरु कुनै दलसँग पनि चलाएको छैन ।’
यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामर्थ्यले लड्ने उनको भनाई छ ।