पहिचान र अधिकार उल्ट्याउन खोज्ने तत्वविरुद्ध एकजुट हुनुपर्छ : प्रचण्ड

12.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिचान र अधिकार उल्ट्याउन खोज्ने तत्वविरुद्ध एकजुट हुनुपर्ने बताएका छन् ।

सर्लाहीमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीकै कारण पहिचान र अधिकार संस्थागत भएको दावी गरे।

उनले भने, ‘पहिचान र अधिकारको लडाइँ माओवादीले लडेको हो । यसलाई उल्ट्याउन खोज्ने तत्वविरुद्ध फेरि एक जुट हुन जरुरी छ।’

अध्यक्ष दाहालले पार्टी प्रवेश गरेकाहरुलाई उचित जिम्मेवारी दिइने बताए। 

 

ताजा अपडेट
सम्बन्धित समाचार