मेयर पदमा दाबी गरेका एमाले नुवाकोटका नेता पाण्डे माओवादी केन्द्रमा प्रवेश

11.4k Shares

काठमाडौँ । नेकपा नेकपा एमाले नुवाकोटका नेता माधवप्रसाद पाण्डे पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनलाई माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका स्वागत गरे । 

पाण्डे नेतृत्वमा एक सय कार्यकर्ता प्रवेश गरेको माओवादीले दाबी गरेको छ। पाण्डे नुवाकोटको बेलकोटगढी १३ का स्थायी बासिन्दा हुन । एमालेमा रहँदा उनले बेलकोटगढी नगरपालिकामा मेयर पदमा दाबी गरेका थिए ।

त्यस्तै सञ्जीव कुमार साहको नेतृत्वमा मधेश र सुदूरपश्चिम क्षेत्रका ५ सय जना एमाले र कांग्रेसबाट प्रवेश गरेको माओवादीले दाबी गरेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार