जसपा अध्यक्षद्वय भट्टराई, यादव र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच भेटवार्ता

15.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

आइतवार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा ३ नेताबीच बिहान ११ : ४५ देखि १२:२० सम्म सामूहिक रुपमा छलफल भएको हो ।

छलफलपछि नेताहरु सिंहदरवारबाट सँगसँगै बाहिरिएका थिए । भेटपछि जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताए पनि   स्थानीय तहको निर्वाचनमा तालमेलको विषयमा उनीहरुबीच छलफल भएको स्रोतले जनाएको छ ।

सत्तारूढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूबीच बसेको बैठकले सबै स्थानीय तहमा तालमेलबारे सहमति जुटाउन असम्भव देखिएपछि प्रचण्डले छलफलका लागि अध्यक्षद्वय भट्टराई र यादवलाई बोलाएका हुन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार