नेता रामचन्द्र पौडेलले किन आफू पक्षिय नेताहरूको बैठक बोलाए ?

25.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षिय नेताहरूको बैठक बोलाएका छन् । 

सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक नबोलाएको भन्दै पाैडेलले भेला बाेलाएका हुन् । बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको आसन्न महाधिवेशनबारे छलफल हुने पौडेल पक्षका एक नेताले जानकारी दिए ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढाल्न अग्रसरता नदेखाएको तथा १४ औं महाधिवेशन तयारीका लागि गर्नुपर्ने कामहरू नभएको पाैडेलकाे पक्षकाे भनाइ छ। उनले आफ्नो निवासमा नै नेताहरुलाई बोलाएका हुन् । 

ताजा अपडेट
सम्बन्धित समाचार