काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय र सचिवालय बैठक आज बस्दैछ ।
आसन्न स्थानीय तह निर्वाचनबारे छलफल गर्न एमालेले दुई कमिटीको बैठक आह्वान गरेको हो । नेकपा एमालेको प्रचार विभागका अनुसार, केन्द्रीय कार्यालयको बैठक अहिले बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्दै छ ।
आजै एमालेको सचिवालय बैठक पनि बस्दैछ । बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार साँझ ६ बजेका लागि तय छ ।
बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट, चुनावी घोषणापत्र, चुनावी रणनीतिलगायत एजेण्डामाथि छलफल हुने बताइएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले जारी गर्ने घोषणापत्र र प्रतिबद्धतापत्र तयारीका लागि पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले जिल्ला र पालिकास्तरमा सहजीकरण गरेको छ ।