काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक आजै बस्ने गरी स्थगित भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार गठबन्धनको अर्को बैठक आज नै बालुवाटारमा बस्नेछ ।
त्यस्तै, उनले सञ्चारमाध्यममा आएको महानगर र उपमहानगरको विभाजनसम्बन्धी प्रस्ताव सही नभएको पनि बताएका छन् । आज बेलुकीसम्म टुंगो लगाउने गरी छलफल भने जारी रहेको उनको भनाई छ ।
‘बालुवाटारमा जारी गठबन्धन बैठक आजै पुनः बस्ने गरी स्थगन भएको छ ।