सहमति नजिक पुगेपछि कांग्रेसले तोड्यो पोखराको गठबन्धन

9.8k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । सत्तारूढ पाँच राजनीतिक दलमा पोखरा महानगरपालिकाको मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति नजिक पुगेपछि कास्की कांग्रेसले गठबन्धन तोडिएको घोषणा गरेको छ । 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति कांग्रेसले सोमवार एक विज्ञप्ति जारी गरेर नेकपा (एकीकृत समाजवादी)को अस्वभाविक दाबीका कारण चुनावी तालमेलको निष्कर्षमा पुग्न नसकेको बताइएको छ । 

कांग्रेस जिल्ला कार्यसमितिका सचिवद्वय देवेन्द्र रानाभाट र भानुभक्त ढकालले हस्ताक्षर गरेर सोमवार विज्ञप्ति प्रकाशन गरी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग गठबन्धन तोडिएको घोषणा गरेका हुन् । 

 

ताजा अपडेट
सम्बन्धित समाचार