मधेस प्रदेशमा चुनावी तालमेलबारे निष्कर्ष लगाउन बिहानदेखि जारी रहेको गठबन्धनको बैठकबाट नेपाली कांग्रेस बाहिरियो

14k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । मधेस प्रदेशमा चुनावी तालमेलबारे निष्कर्ष लगाउन सोमबार बिहानदेखि जारी रहेको सत्तारुढ गठबन्धनको बैठकबाट नेपाली कांग्रेस बाहिरिएको छ । 

गठबन्धनको बैठकबाट बाहिरिएको कांग्रेसले आफ्नो पार्टी कार्यालयमा छुट्टै बैठक गर्न लागेको हो ।  गठबन्धन आबद्ध दलका प्रदेश अध्यक्ष र नेताहरूको उपस्थितिमा जारी बैठकबाट चुनावी तालमेलको मोडालिटी टुङ्गो लगाइने आंकलन गरिए पनि कांग्रेस बैठक स्थलबाट बाहिरिँदा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलको संकट देखिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले मेयर पद नछाड्ने अडान लिएका छन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार