आचारसंहिता उल्लंघन बारे निर्णय लिने निर्वाचन आयोगको भनाइ

12k Shares

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता लागू भएपछि त्यसको उल्लंघन गरेको आरोप लागेका राजनीतिक दल र व्यक्तिहरुको बारेमा अव निर्णय हुने दाबी गरेको छ। 

नियमित पत्रकार सम्मेलनमा सोमबार आयोगका प्रवक्ता शालिकराम शर्माले आयोगले स्पष्टीकरण नभइ आचारसंहिता उल्लंघन गरेको कुरामा चित्तबुझ्दो जवाफ पेस गर्न आग्रह गरेका छन् । 

आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइराला, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एकीकृत समाजवादी र माओवादी केन्द्र समेतलाई आचारसंहिता उल्लंघनबारे स्पष्टीकरण सोधेको थियो।

यसरी आयोगले आचारसंहिता उल्लंघनबारे चित्तबुझ्दो जवाफ पेस गर्नु भनि काटेको पत्रमा जवाफ आएकाले अब केही दिनमा निर्णय हुने उनले बताए।  निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरु जिल्ला भ्रमणमा रहेका कारण पूर्ण बैठक बस्न नपाएकाले कुनै निर्णय नभएको भन्दै उनले सोमबार सवै आयुक्तहरु काठमाडौं आएकाले अब निर्णय हुने बताए।

 

ताजा अपडेट
सम्बन्धित समाचार