तोकिएकै समयमै निर्वाचन हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

8.9k Shares

काठमाडौँ । स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनेमा कुनै शंका नरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन् ।

पत्रकार–फोटो पत्रकारका लागि मंगलबार आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘वैशाख ३० गतेका लागि तोकिएको निर्वाचन तय भएकै मितिमा हुन्छ । यसमा केही संशय भए त्यसलाई चिर्नु पर्छ । यसका लागि सञ्चारमाध्यमको खबरदारी आवश्यक छ ।’

उनले लोकतन्त्र र निर्वाचन एकअर्काका परिपूरक रहेकाले संशय चिरेर अघि बढ्नु पर्ने बताए । आउँदो निर्वाचनलाई मितव्ययी बनाउन आफूहरू प्रतिबद्ध रहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

यस्तै, आचार संहिताको आफूहरूले सुक्ष्म तरिकाले अवलोकन गरिरहेको उनको भनाइ छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार