सरकार निर्वाचन सार्ने षड्यन्त्रमा रहेको एमालेको निष्कर्ष

10.7k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा एमालेले सरकारले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष निकालेको छ। 

गएराति सम्पन्न एमाले सचिवालय बैठकले सरकार चुनाव सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष निकालेको हो। चुनाव सार्ने षड्यन्त्रलाई निस्तेज पार्ने निर्णय बैठकले गरेको छ। 

‘अहिलेको सरकारले २०७९ साल वैशाख ३० गते हुन लागेको चुनावमा जुन प्रकारको षड्यन्त्र भएको छ‚ त्यसको हामी कडा प्रतिवाद गर्छौं। एमालेका प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘सबै कमिटीहरुलाई कुनै प्रकारको अलमल नगरी चुनावको तयारी गर्ने निर्देशन पनि दिएका छौं।’

यस्तै बैठकले १२ वटा विभाग गठन, सल्लाहकार परिषद्मा १०५ जना थप २७८ बनाउने र सम्पर्क समन्वय कमिटीमा ५१ जना मनोनयन गर्ने निर्णय भएको छ। 

साथै पार्टीको केन्द्रीय कार्यालय ९ वैशाखदेखि तुलसीलाल स्मृति भवनमा सार्ने निर्णय पनि भएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार