पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई

18.3k Shares

काठमाडौँ । नेपाली काँग्रेसले पोखरा महानगरपालिकामा पार्टीको दाबी छाडेको छ ।

सभापति शेरबहादुर देउवाले बालुवाटारमा गण्डकी प्रदेशबाट आएका नेताहरूसँगको छलफलपछि नेकपा एकीकृत समाजवादी पार्टीलाई नै पोखरा महानगर छाड्ने सहमति जुटेको हो । 

देउवासँग छलफलका लागि कास्कीका जिल्ला सभापति किशोरदत्त बराल, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र पूर्वमन्त्री कानुनमन्त्री यज्ञ थापा मंगलबार काठमाडौं आएका थिए । सो क्रममा उनीहरुले पोखराको समग्र अवस्थाका विषयमा सभापतिलाई ब्रिफिङ गरेका थिए । 


तर, देउवाले भागबण्डाका क्रममा समाजवादीलाई पोखरा दिनुपर्ने बाध्यता सुनाएपछि उनीहरु पोखरा छाड्न सहमत भएको बताइएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार