वीरगञ्ज महानगरमा तालमेल गर्न एमाले र लोसपाबीच सहमती

16.6k Shares
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा ) बीच वीरगञ्ज महानगरपालिकामा तालमेल हुने सम्भावना बढेको छ ।

स्थानीय स्तरमा लगातार भइरहेको दुई दलबीचको छलफलले तालमेल अगाडि बढाउने अनौपचारिक सहमति गरेको हो । तर यो अनौपचारिक सहमतिलाई शीर्ष नेताहरुसहितको छलफलबाट टुंग्याइने एक नेता बताउँछन् । 

एमाले केन्द्रीय सदस्य एवं पर्सा सहइन्चार्ज अरविन्द सिंहले पनि तालमेलबारे छलफल अगाडि बढेको बताएका छन् । उनले भने, ‘चाँडै टुंग्याउने प्रयास भइरहेको छ । अनौपचारिक छलफल त भइरहेकै छ, एमालेले वर्तमान मेयर विजय सरावगीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।’

महानगर कमिटीबाट एकल रुपमा सिफारिस भएका सरावगीको नाम जिल्ला कमिटीले पनि अगाडि बढाएको छ । प्रदेश कमिटीमा पुगेको उनको नाम केन्द्रमा पठाउने तयारी भइरहेको छ । 

नेताहरुका अनुसार, लोसपालाई उपमेयरको उम्मेदवार दिन एमाले तयार भइसकेको छ । त्यसमा लोसपा नेतृत्व सहमत भए वीरगञ्ज महानगरमा तालमेल हुनेछ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार