जितपुर सिमरामा एमालेका दुई पक्षबीच झडप,वडा अध्यक्ष सहित ६ जना घाइते

10.3k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका २३ मा नेकपा (एमाले)का दुई पक्ष वडा अध्यक्ष असलम देवान र वडा अध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारीबीच झडपबीच झडप भएको छ ।

दुई पक्षबीच भएको झडपमा वडा अध्यक्ष देवानसहित ६ जना घाइते भएका छन् । झडपमा परी वडा अध्यक्ष देवान, नासिर र नाजिर देवान घाइते भएका छन् । उनीहरूको नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारी पनि घाइते भएका छन् । उनीहरूको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । बसरुदिन मिया, लाल महम्मद र अनिल महम्मदलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बाटोको विषयमा विवाद हुँदा उनीहरूबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । वडा अध्यक्ष देवानको घाँटी, छाती र ढाडमा चोट लागेको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार