अर्थमन्त्रीलाई राजीनामा दिन कांग्रेस महामन्त्री शर्माको सुझाव

14.6k Shares
सम्बन्धित पार्टी

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घुमाउरो भाषामा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने आशय व्यक्त गरेका छन् ।

पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता महेश आचार्यको प्रसंग स्मरण गर्दै नेता शर्माले यस्तो आशय व्यक्त गरेका हुन् । उनले बुधबार बिहान महेश आचार्यको तस्विर पोस्ट् गर्दै ट्विटरमा लेखेका छन्, ‘बेलाबेला यस्तो तस्बिरर पोस्ट् गर्न पाइयोस् र भन्न सकियोस्– नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति ।’

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका आचार्यले गभर्नर बर्खास्त गर्ने आफ्नो निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि नैतिकताका आधारमा राजीनामा दिएका थिए । गभर्नर महाप्रसाद अधिकारीको निलम्बन सर्वोच्चले बदर गरिदिएपछि अर्थमन्त्री जनार्दन शर्मामाथि पनि राजीनामा दिनुपर्ने चौतर्फी दबाब छ । 

ताजा अपडेट
सम्बन्धित समाचार