एमाले अध्यक्ष ओलीले १२ सय युवासँग अन्तरक्रिया गर्दै

9.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विभिन्न क्षेत्रका युवाहरूसँग अन्तरक्रिया गर्दैछन्। 

गोदावरीको सनराईज हलमा मध्यान्ह १२ बजे ओलीले पेशागत क्षेत्रका युवाहरूसँग देशको समसामयिक परिस्थिती, समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा अन्तरक्रिया गर्न लागेको उनको सचिवालयले जनाएको छ।

अन्तरक्रियामा करिब १२ सय युवाको सहभागिता रहने छ।  अध्यक्ष ओलीको आयोजनामा हुन लागेको कार्यक्रममा चिकित्सा, इन्जिनियरिङ, अर्थ, कृषि, उद्योगलगायतका क्षेत्रमा संलग्न युवाहरुले आफ्नो धारणा राख्नेछन्। 

कार्यक्रममा सहभागी युवाहरूसँग केहीबेर प्रश्नोत्तर पनि राखिएको छ। 

ताजा अपडेट
सम्बन्धित समाचार