काठमाडौंः नेकपा (एमाले) का सचिव योगेश कुमार भट्टराईले वरिष्ठ नेता माधव कुमार नेपालसहित नेताहरु डा.भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधिएकोमा आपत्ति जनाएका छन् ।
गत चैत्र ७ गतेको केन्द्रीय कमिटीको बैठक राखेर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित चार जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
उक्त बैठकमा नेपाल पक्षधर कोही पनि केन्द्रीय सदस्यहरु उपस्थित् थिएनन् । नेताहरु स्वयमले आफूहरुलाई स्पष्टीकरण सोधिनु हाँस्यस्पद रहेको प्रतिक्रिया दिएका छन् । नेता भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत सोध्नेहरु स्वयम लाखौं प्रश्नको घेरामा रहेको बताएका छन् ।