काठमाडौं । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले गठबन्धनको निर्णय नमान्ने र असहयोग गर्ने कांग्रेसका नेता कार्यकर्तालाई पार्टीले कारबाही गर्ने बताएका छन् ।
उनले गठबन्धनको सहमतिको विरोध गर्ने नेताले प्रदेश र संघीय निर्वाचनको टिकट नपाउने र कार्यकर्तालाई हैसियतअनुसारको कारबाही हुने चेतावनी दिएका छन् ।
प्रेस युनियन रूपन्देहीले बुधबार नेता खाँणकै निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनमा भएको सहमति अक्षरसः पालना गरेर जान नेतारकार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।
गठबन्धनले गरेको निर्णयमा कांग्रेसकै नेता तथा कार्यकर्ताबाट भइरहेको विरोधबारे पत्रकारको जिज्ञासामा उनले गठबन्धनको सहमतिपूर्ण रुपमा कार्यान्वयन गर्ने दायित्व कांग्रेसकै भएको बताए । गठबन्धनलाई स्थानीय निर्वाचनमा मूर्त बनाउने चुनौती रहेको भए पनि त्यसलाई गठबन्धनको आधारशीलामा उभिएर कार्यान्वयन गर्ने बताए ।