पोखरा महानगरपालिका एकीकृत समाजवादीको भागमा परेपछि विकल्प खोज्न पोखरा कांग्रेसका ३३ वटै वडा सभापतिको बैठक

9.1k Shares
सम्बन्धित पार्टी


काठमाडौं । सत्ता गठबन्धनमा पोखरा महानगरपालिका नेकपा (एकीकृत समाजवादी)को भागमा परेपछि नेपाली कांग्रेस पोखरा महानगर समिति विरोधमा उत्रिएको छ ।

मंगलबार सत्ता गठबन्धनको बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवाले गण्डकी सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई बालुवाटार बोलाएर तालमेलका कारण पोखरा समाजवादीलाई छोड्नुपरेको बताएका थिए ।

त्यसकै विरोधस्वरूप बुधबार बिहान कांग्रेस महानगर समितिका पदाधिकारीले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी नै गरे । प्रदेश समितिलाई ध्यानाकर्षणपत्र बुझाए ।

तालाबन्दीपश्चात् कांग्रेस पोखरा महानगरका ३३ वटै वडा सभापतिहरू अहिले बैठक बसिरहेका छन् । केन्द्रको निर्णय अमान्य भन्दै भेला भएका वडा सभापतिहरूले विभिन्न तीन विषयमा छलफल गर्ने महानगर समिति सचिव गणेशबहादुर थापाले जानकारी दिए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार