चीनले नेपालमाथि नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन भएको राजदूत यान्छीको भनाइ

8.9k Shares

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपालमाथि ‘नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन भएको बताएकी छन् ।

चिनियाँ दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले नेपाल–चीनबीच पछिल्लो समयमा भएको द्वीपक्षीय व्यापारको तथ्यांकले त्यो नदेखाउने बताइन् ।

राजदूत होउले भनिन्, ‘नेपालबीच १ अर्ब ७७ करोड अमेरिकी डलरको व्यापार भएको छ । यो अघिल्लो समयकोभन्दा ६३ प्रतिशतले बढी हो, त्यसले कथित सफ्ट ब्लकेड भनिने गरेको विषय आधारहीन रहेको देखाउँछ ।’

पत्रकार सम्मेलनमा उनले कोरोना महामारीमा स्वास्थ्यलाई ध्यानमा राखेर कदम चलिएको बताएकी छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार