एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् कार्यसुुची

13.9k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । 

अध्यक्ष केपी ओली निवास बालकोटमा दिउँसो एक बजे बस्न लागेको हो । दिउँसो बस्ने बैठकमा पालिका चुनावका लागि ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल हुनेछ ।

आजको बैठकमा उम्मेदवारको मापदण्डबारे पनि छलफल हुने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । सत्तागठबन्धनले हिजो महानगर र उपमहानगरको भागबण्डा मिलाएको छ ।

यसअघि बसेको एमालेको सचिवालय बैठकले चुनावी घोषणापत्रको मस्यौदालाई अनुमोदन गरेको थियो । एमालेले पार्टी स्थापना दिवसको अवसरमा भोलि एकैसाथ केन्द्रबाट घोषणा पत्र र पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार