काठमाडौंमा उपमेयरका उम्मेदवार कांग्रेसले सिफारिस गर्दै

12.4k Shares
सम्बन्धित पार्टी

काठमाडौं । सत्ता गठबन्धनले काठमाडौंको मेयर कांग्रेसलाई दिने सहमति भए पनि नेपाली कांग्रेस काठमाडौं नगर समितिले उपमेयरमा समेत आकांक्षीको नाम सिफारिस गर्ने भएको छ ।

नगर समितिले तालमेलको विपक्षमा निर्णय गरेकाले उपमेयरको पनि नाम सिफारिस हुने एक पदाधिकारीले जानकारी दिए । कांग्रेसको काठमाडौं महानगर समितिमा सहमति जुट्न नसक्दा मेयरमा आकांक्षीको नामसमेत सिफारिस गर्न सकेको छैन ।

बुधबार बसेको नगर समितिको बैठकले नाममा सहमति जुटाउन नसकेपछि बिहीबार पुनः बैठक बस्ने भएको छ । काठमाडौंको मेयरमा कांग्रेसबाट आकांक्षा देखाउने एक दर्जन बढी नेता भएको उनले जानकारी दिए । सिर्जना सिंह, तीर्थराम डंगोल, निलकाजी शाक्य, सुसन वैद्यलगायतको नाम चर्चामा रहेको छ ।  

ताजा अपडेट
सम्बन्धित समाचार