आर्थिक क्षेत्रको सुधारका लागि सहयोग गर्न सहयोग गर्न  फोरममा आवद्ध मुलुकहरूलाई राष्ट्रपतिको आग्रह

7.6k Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल जस्ता विकासन्मोख देशहरूमा महामारी नियन्त्रण र त्यसले असर परेको बोआओआर्थिक क्षेत्रको सुधारका लागि सहयोग गर्न  फोरममा आवद्ध मुलुकहरूसँग आग्रह गरेकी छन् ।

चीनको हिनान प्रान्तमा जारी एसियाका लागि बोआओ फोरमको वार्षिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महामारी नियन्त्रण र रोकथाम गर्न र आर्थिक सुधारका लागि प्रोत्साहन सहयोग गर्ने विश्वास व्यक्त गरेकी हुन् ।

भण्डारीले गुणस्तरीय शिक्षा, स्वास्थ्य र स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने धारणा राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उनले नेपालजस्ता विकासोन्मुख देशको आर्थिक सुधारका लागि विश्व समुदायलाई उदार प्याकेज ल्याउनसमेत विशेष आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण परिरहेको असरमा पनि सबै मुलुकले पारस्परिक सहयोग र साझेदारीका गर्नुपर्ने धारणा व्यक्त गरिन् । जवलावयु परिवर्तनको विषय कुनै देश विशेषको मात्रै नभएकाले विश्वका सबै मुलुकले सचेत हुनुपर्ने आवश्यक्ता औंल्याइन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार