काठमाडौं । नेकपा एमालेका खनाल–नेपाल समूहको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को राष्ट्रिय भेला आज हुँदैछ ।
विद्यार्थी संघठन अनेरास्ववियुको राष्ट्रिय भेला काठमाडौं कमलमादीस्थित प्रज्ञा प्रतिष्ठनामा हुने भएको छ । नेकपा एमालेको खनाल–नेपाल समूहले संगठनको राष्ट्रिय भेलालाई तीव्रता दिएको छ । भेलालालाई नेता माधवकुमार नेपालले संबोधन गर्ने कार्यक्रम छ । पार्टीभित्र विवाद बढ्दै जाँदा खनाल–नेपाल समूहले राष्ट्रिय भेला जारी राख्ने निर्णय गरेको छ ।