काठमाडौँ । यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
आज बिहीवार भएको नियमित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सात सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताएका हुुन् ।
उनले अब पालिकाको चुनाव नरोकिने बताउँदै शङ्का नगर्न आग्रह गरेका छन् । निर्वाचन आयोगको कार्यालयमा आज सञ्चारकर्मीसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावको तयारी अन्तिम चरणमा पुगेको भन्दै वैशाख ३० गते जसरी पनि चुनाव हुने दाबी गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयमा चुनावका लागि आवश्यक सामग्री पुर्याउने काम पनि भइरहेको उनको भनाई छ ।